प्यारामाउन्ट मोटर्सद्वारा प्रियंका रानी जोशीलाई नेपालमा एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडरको रूपमा स्वागत


काठमाडौं, १८ भदौ । नेपालका लागि एमजी (मोरिस गराजेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि. ले मिस नेपाल वल्र्ड २०२२ र चर्चित मोडल प्रियंका रानी जोशीलाई स्टाइलिश र डायनामिक एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडरको रूपमा आधिकारिक रूपमा नियुक्त गरेको घोषणा गरेको छ । यस सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भदौ ११ गते बुधबार प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा सम्पन्न भएको हो । यो साझेदारी दुई वर्षका लागि हुने बताइएको छ ।

साझेदारीमार्फत प्रियंका नेपालमा एमजी एस–फाइभ इभीको फेस बन्नेछिन् र आगामी दुई वर्षसम्म यसका स्टाइल र इनोभेशनलाई प्रस्तुत गर्नेछिन् । साझेदारीको घोषणा गर्दै, प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले भने, “प्रियंकाले आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलताको प्रतिनिधित्व गर्नुहुन्छ। यी गुणहरू एमजी एस–फाइभ इभी र एमजी ब्रान्डसँग पूर्ण रूपमा मेल खान्छन्। हामी उहाँलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं र सँगै नयाँ दर्शकहरूसम्म पुग्ने अपेक्षा राख्छौं ।’

त्यस्तै, उत्साह व्यक्त गर्दै प्रियंकाले भनिन्, ‘एमजीसँग विशेषतः एमजी एसफाइभ इभीसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु। एमजी इनोभेशन, पर्फर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो । प्यारामाउन्ट मोटर्स र एमजीसँगको यो रोमाञ्चक यात्राको लागि मा उत्साहित छु ।’

साझेदारीले नेपालका युवा र सवारीप्रेमी दर्शकहरूसँग एमजीको सम्बन्ध अझ बलियो बनाउने
प्रियंका रानी जोशीको ब्रान्ड एम्ब्यासडरको रूपमा सहभागिताले एमजी एस–फाइभ इभीलाई युवा र सवारीप्रेमी दर्शकहरूसँग अझ नजिक ल्याउनेछ, र ब्रान्डको प्रभाव र पहुँच बढाउनेछ । यस साझेदारीसँगै, प्यारामाउन्ट मोटर्सले नेपालमा एमजी एसफाइभ इभीको उपलब्धता र यसको आकर्षक डिजाइन, अत्याधुनिक फिचरहरू र शक्तिशाली परफर्मेन्सलाई अझ प्रचार गर्ने लक्ष्य राखेको छ ।

प्यारामाउन्ट मोटर्स प्रा. लि. बारेमा
प्यारामाउन्ट मोटर्स प्रा. लि. नेपालका लागि एमजी (मोरिस ग्यारेजेस) को आधिकारिक वितरक हो । जसले इभीदेखि प्रिमियम एसयुभीसम्मको फराकिलो श्रेणीका गाडीहरू उपलब्ध गराउँछ । एमजीको विश्वव्यापी परफर्मेन्स, प्रविधि र डिजाइनको सम्पदा सहित प्यारामाउन्ट मोटर्सले नेपालमा आधुनिक मोबिलिटीलाई नयाँ परिभाषा दिइरहेको छ ।