काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेशको लागि बेइजिङबाट प्रस्थान गरेका छन् । यही भदौ १४ गते विहानै चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली चीनका निर्धारित सबै कार्यक्रम सकेर आज स्वदेशको लागि प्रस्थान गरेका हुन् । उनी राति साढे ८ बजेपछिमात्रै काठमाडौं ओर्लनेछन् ।
चीनको तियान्जिनमा आयोजना गरिएको शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएका थिए । सो क्रममा उनले विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँग भेटवार्ता गरेका थिए । चिनियाँ राष्ट्रपति सि जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गरेका थिए ।





प्रतिक्रिया