प्रचण्डले सुनाए दुई पार्टीसँग एकता हुन लागेको कुरा, चाडपर्वपछि आन्दोलनमा होमिने निर्णय


काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग छिट्टै पार्टी एकता हुने विश्वास दिलाएका छन् । आज बसेको पार्टीके पदाधिकारी बैठकमा दाहालले आफू र माधव नेपालबीच निरन्तर यस विषयमा छलफल भएकोले छिट्टै निश्कर्षमा पुग्ने बताएका हुन् ।

माधव नेपालसँग हिजो (बुधबार) पनि अध्यक्ष प्रचण्डको भेटवार्ता भएको थियो । नेपाललाई भेट्न प्रचण्ड आँफै आलोकनगर पुगेका थिए । प्रचण्डले विप्लव नेतृत्वको नेकपासँगपनि एकता हुने विश्वास दिलाएका छन् । पछिल्लो समय दाहालले माधव नेपाल र विप्लवसँग निरन्तर सम्वाद गरिरहेका छन् ।

माओवादीको आजको पदाधिकारी बैठकले दशैं, तिहार, छठलगायतका चाडपर्व सकिएपछि आन्दोलन गर्ने निर्णय गरेको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले दिएको जानकारी अनुसार सरकारले जनताका मागहरू सम्बोधन नगरेको माओवादीको निश्कर्ष छ । उनले सरकार सुशासनको मामला कमजोर भएको र भ्रष्टाचार झनै बढेकोले चाडपर्व सकिएपछि आन्दोलनको तयारी थालिने जानकारी दिए । file photo