सुनको मूल्यमा नयाँ रेकर्ड कायम, आज २ लाख १० हजार नाघ्यो


काठमाडौं, २० भदौ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य इतिहासकै उच्च भएको छ ।

आज प्रतितोला २५ सय रुपैयाँ बढेर तोलाको २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ ।

हिजो तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । तर, आज २५ सय रुपैयाँ बढेको हो ।