काठमाडौं, २० भदौ । संसद्को संसदीय सुनुवाई समिति (संयुक्त) को सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित हुँदैछन् । समितिको सभापतिको निर्वाचनमा खतिवडाको मात्रै एकल उम्मेद्वारी परेको कारण उनी निर्विरोध निर्वाचित हुने भएका हुन् ।
आज (शुक्रबार) को बैठकमा खतिवडा निर्विरोध निर्वाचित भएको सूचना प्रकाशित हुने भएको हो । खतिवडा यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारीमा थिए । तर, संघीय निजामती सेवासम्बन्धी विद्येयकको कुलिङ अफ पिरियडसम्बन्धीको व्यवस्थामा भएको छेडखानीपछि उनले राजीनामा दिएका हुन् । file photo




प्रतिक्रिया