माओवादीको अभियान पूनः सुरू हुँदै, प्रचण्ड पुगे पोखरा


काठमाडौं, २१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पार्टीको अभियान ‘जनतासँग माओवादी’ पूनः सुरु गर्नको लागि पोखरा पुगेका छन् । यो अभियान आज पोखराबाट पूनः सुरु हुने भएको हो ।

प्रचण्डको सचिवालयले जनाएअनुसार अभियान दिउँसो ३ बजे रुपा–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु हुने भएको हो । हालै बसेको माओवादीको स्थायी कमिटीको बैठकले रोकिएको अभियान पूनः सुरु गर्ने निर्णय गरेको थियो । अभियानमा महासचिवभन्दा माथिल्लो तहका नेतामात्रै सहभागी हुने भनिएको छ ।