काठमाडौं, २२ भदौ । नेकपा (एमाले) को जारी दोस्रो विधान महाधिवेशन आज समापन हुँदैछ । अहिले समूहगत छलफलमा उठेका कुराहरुको निश्कर्षसहित प्रतिवेदन पेश गर्ने काम सकिएको छ । प्रतिवेदनमाथिको छलफलको लागि एमालेले विभिन्न १० वटा समूह बनाएको थियो ।
सबै समूहको निश्कर्ष सुनाउने काम सकिएपछि अहिले महासचिव शंकर पोखरेलले ती उठेका प्रश्नहरुको जवाफ दिईरहेको विधान महाधिवेशनमा सहभागी एक नेताले जानकारी दिए । यो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयमा कुरा राख्नै निषेध गरेको चर्चा पनि छ ।
अधिवेशनमा फरक मत राखेका कर्णबहादुर थापालाई समेत आफ्नो प्रतिवेदन वाचन गर्न नदिईएको हो । थापा आधा घण्टासम्म उठेर विरोध गर्दापनि फरक मत वाचा गर्न दिईएनन् ।




प्रतिक्रिया