प्रधानमन्त्री ओलीको दाबी : एमाले कायर छैन, न त उग्र वामपन्थी भड्काउकै पक्षमा छ


काठमाडौं, २२ भदौ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर पार्टी नभएको बताएका छन् । उनले आफ्नो पार्टी उग्र वामपन्थी भड्काउको पक्षमा नरहेको स्पष्ट पारेका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनलाई आज समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको चरित्र मिल्ने बताएका छन् । दाहाल र नेपालबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले दुवै नेताको विचार आजको समयअनुकुल नभएको दाबी गरे । अब विचार नभएका र बिग्रिएकाहरुसँग सहकाय हुन नसक्ने भन्दै माओवादी र एकीकृत समाजवादीसँगको सहकार्यको सम्भावना नभएको स्पष्ट पारे । file photo