त्रिविले ठूलो संख्यामा माग्यो उप-प्राध्यापक


काठमाडौं, २३ भदौ । त्रिभुवन विश्वविद्यालयले उप–प्राध्यापक पदको लागि दरखास्त आह्वान गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा समावेशी प्रणालीमार्फत् ३ सय ५२ जना उप–प्रध्यापकको पदपूर्तिको लागि विज्ञापन गरेको हो ।

उप–प्राध्यापकका लागि योग्यता पुगेका नेपालीले भदौ २९ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्ने बताइएको छ । दोब्बर दस्तुर तिरेर भने कात्तिक १९ गतेसम्म दरखास्त दिन सकिने छ ।

कानून, जनप्रशासन, व्यवस्थापन, अंग्रेजी, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र, इतिहास, कम्प्युटर एप्लिकेशन, गृहविज्ञान, ग्रामिण विकास, चित्रकला, जनसंख्या अध्ययनलगायत विभिन्न २३ वटा विषयमा दरखास्त आह्वान गरिएको छ ।