जेन जीको आन्दोलनप्रति नारायणकाजीको समर्थन, ‘राजनीति सफा गरौं र देश बदलौं’


काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जीको प्रदर्शनको समर्थन गरेका छन् । उनले भनेका छन्,‘जेन जी पुस्ताले संघीय राजधानी काठमाण्डौं लगायत देशका विभिन्न भागहरुमा सुशासन ,समृद्धि र अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चितता सहित लोकतन्त्रको व्यावहारिक प्रत्याभूतिको लागि आज देखि सञ्चालन गरेको विरोध प्रदर्शन र संघर्ष प्रति समर्थन गर्दछु ।’

उनले मुलुकको आजको प्रमुख राष्ट्रिय कार्यभार सुशासन र समृद्धि भएको उल्लेख गरेका छन् । त्यसकालागि निजी स्वार्थ केन्द्रित व्यक्तिवादी ,स्वेच्छाचारी र भ्रष्ट राजनीतिक प्रवृत्ति लाई अन्त्य गर्न राजनीतिलाई सफा गर्नु जरुरी रहेको श्रेष्ठको भनाई छ ।

फेशबुकमा लेखेका छन्,‘त्यसैले मैले भन्दै आएको छु ,राजनीति सफा गरौं र देश बदलौं ।जेन जी आन्दोलनले भ्रष्ट , स्वार्थी , स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिका राजनीतिक नेतृत्व र त्यस प्रकारको प्रदूषित राजनीतिबाट मुक्त हुँदै र देशलाई त्यसबाट मुक्त गर्दै लोकतन्त्र ,सुशासन र समृद्धि को पक्षमा गुणात्मक योगदान पुर्याउन सफल हुनेछ आशाका साथ शुभकामना व्यक्त गर्दछु ।’