कान्तिपुर टिभीका भिडिओ जर्नालिष्ट श्याम श्रेष्ठको पाखुरामा गोली लाग्यो, सिभिल अस्पतालमा उपचार


काठमाडौं, २३ भदौ । जेन-जी पुस्ताको प्रदर्शन आक्रामक बनेको छ । प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ । अहिले प्रशासनले काठमाडौंमा माइतीघरदेखि तिनकुनेसम्म राति १० बजेसम्म कर्फ्यु जारी गरेको छ ।

संसद् भवनभित्रै प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रहरीले हानेको गोली लागेर कान्तिपुर टिभीका भिडिओ पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको हो ।अहिले उनको बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचार भैरहेको छ ।