काठमाडौं, २३ भदौ । नेपाल मेडिसिटी अस्पतालले जेन–जी पुस्ताको प्रदर्शनमा घाइते भएकालाई निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । प्रदर्शनको क्रममा घाइते भएका नागरिकको ज्यान बचाउनु आफूहरुको कर्तव्य भएको भन्दै अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले मेडिसिटी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । घाईतेहरुको उपचारको लागि मेडिसिटीले ११३४ नम्बर रहेको हटलाईनसमेत उपलब्ध गराएको छ ।
आजको प्रदर्शनको क्रममा ठूलो संख्यामा नागरिकहरु घाईते भएका छन् । अहिलेसम्म १५ जनाभन्दा बढि नागरिकको ज्यान गएको छ । सयौंको संख्यामा घाईतेहरु भएको र विभिन्न अस्पतालमा उपचार गराईएको समाचार बाहिरिएको छ ।




प्रतिक्रिया