रास्वपाद्वारा एमाले-कांग्रेस सरकारको बर्खास्तगी र ताजा जनादेशको माग (विज्ञप्ती सहित)


काठमाडौं, २३ भदौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस–एमाले सरकारको बर्खास्तगी र ताजा जनादेशको माग गरेको छ । आज जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको रास्वपाले भत्र्सना गरेको छ ।

रास्वपाले वर्तमान सरकारको औचित्य पुर्णतः समाप्त भइसकेको निश्कर्ष निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा मागेका छन् । साथै, घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री रमेश लेखकलगायत सबै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।