जेन-जी प्रदर्शनबाट आत्तिए प्रधानमन्त्री ओली, बोलाए सर्वदलीय बैठक


काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले आज साँझ ६ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका हुन् ।

जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भइसकेको छ । ४ सयभन्दा बढी घाइते भएका छन् । प्रधानमन्त्री ओलीको राजीनामाका लागि चौतर्फी दवाब बढिरहेको बेला उनले सर्वदलीय बैठक बोलाएका हुन् ।