काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासका आगजनी भएको छ । जेन–जी प्रदर्शनको क्रममा उत्रिएका प्रदर्शनकारीहरुले प्रधानमन्त्री ओलीको निवास बालकोटमा आगजनी गरेका हुन् ।
बालकोटमा स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले गोली नै चलाउनु परेको थियो । बालकोटमा प्रहरीले गोली चलाउँदा २ जना घाइतेसमेत भएका छन् । सोमबारबाट सुरु भएको जेन–जी प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाले ज्यान गुमाएका थिए ।
आज विहानदेखि काठमाडौं, भक्तपुर, ललितपुरलगायतका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू आदेशको बाबजुद पनि प्रदर्शनकारीहरुले नेताहरुको घर र पार्टी कार्यालयमा तोडफोड र आगजनी गरराखेका छन् ।




प्रतिक्रिया