काठमाडौैं, २४ भदौ । ‘जेन–जी’ को आक्रमणबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा घाइते भएका छन् । आज (मंगलबार) उनीहरुलाई जेन–जी प्रदर्शनकारीहरुले नियन्त्रणमा लिई आक्रमण गरेका हुन् ।आक्रमणबाट कांग्रेस सभापति देउवा सख्त घाइते भएको बताइएको छ ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा हिजो (सोमबार) देखि जेन–जी पुस्ता आन्दोलनमा उत्रिएका छन् । जेन–जीको आन्दोलनमा हिजो प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो । आज कालिकाटी प्रहरीले चलाएको गोली लागेर थप दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशका विभिन्न ठाउँमा कर्फ्यु र निषेधाज्ञा जारी गरिएको भए पनि प्रदर्शनकारीहरु उल्लेख्य मात्रामा सडकमा देखिएका छन् । उनीहरुले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालतलगायतका स्थानमा समेत आगजनी गरेका छन् ।




प्रतिक्रिया