काठमाडौं, २४ भदौ । जेन–जी प्रदर्शनकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आगजनी गरेका छन् । उनीहरुले आज (मंगलबार) अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी गरेका हुन् ।
जेन–जी प्रदर्शनमाथि प्रहरीले दमन गर्दा हिजो (सोमबार) १९ जना युवाको मृत्यु भएको थियो । सरकारको दमनका कारण ठूलो संख्यामा मानवीय क्षति भएपछि जेन–जी प्रदर्शनकारीहरुले आज आन्दोलन उग्र बनाएका थिए ।
स्थिति नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर, ललितपुरलगायतका विभिन्न स्थानमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारीहरुले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत र नेताहरुको घरमा समेत आगजनी गरेका छन् ।




प्रतिक्रिया