काठमाडौं, २५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाको घरमा जेन–जी प्रदर्शनकारीहरुले आगो लगाइदिएका छन् । हिजो (मंगलबार) राति जेन–जी प्रदर्शनकारीहरुले सापकोटाको काँडाघारीस्थित निर्माणधीन घरमा आगजनी गरेका हुन् । आगजनीबाट घर जेलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।
गत सोमबारबाट सुरु भएको जेन–जी प्रदर्शनमा प्रहरीले दमन हुँदा २२ जनाको ज्यान गएको थियो । जेन–जी प्रदर्शकारीहरुको मृत्युपछि आक्रमक बनेका प्रदर्शनकारीहरुले विभिन्न नेताहरुको घर, सार्वजनिक सम्पत्ति र प्रहरी चौकीहरुमा तोडफोड र आगजनी गरेका छन् ।




प्रतिक्रिया