कारागारबाट भाग्न खोज्दा सेनाले गोली चलायो, २ कैदीबन्दीको मृत्यु


काठमाडौं, २६ भदौ । रामेछाप कारागार तोडेर भाग्न खोज्ने २ कैदीबन्दीको मृत्यु भएको छ । आज (बिहीबार) विहान कैदीबन्दीले कारागारको ताल्चा फोरेर भाग्न खोज्दा नियन्त्रणमा लिन सेनाले गोली चलाइको थियो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सेनाको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइते ११ मध्ये १ को अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहेको छ ।