जेन-जीहरुको भावनाअनुसार सरकार बन्नुपर्छः ऋषि धमला


काठमाडौं, २६ भदौ । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष पत्रकार ऋषि धमलाले युवाहरुको प्रतिनिधित्व हुनेगरी जेन–जीहरुको भावनाअनुसार सरकार बन्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रममा उनले भने, ‘अब देशमा युवाहरुको प्रतिनिधित्व हुनेगरी जेन–जीहरुको भावनाअनुसार सरकार बन्नुपर्छ ।’

साथै, उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री पद त्यागेर पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अगाडि सारेको भन्दै पत्रकार धमलाले प्रशंसा गरे । उनले बालेनलाई ‘महान हृद्धय भएको मान्छे’ को संज्ञा दिए ।

‘हाम्रो देशमा प्रधानमन्त्री भनेपछि मान्छे हुरुक्कै हुन्छन् । बालेन शाहले प्रधानमन्त्री पद त्याग गरेर सुशिला कार्कीलाई बनाउँछु भनेर घोषणा गर्नुभयो । त्यो महान हृद्धय भएको मान्छेले मात्रै गर्न सक्छ । बालेन शाह जनताको, युवाको ढुकढुकी हो । प्रधानमन्त्री पद त्याग गर्न मान्छेको ठूलो छाती चाहिन्छ,’– उनले भने ।