‘जेन-जी’ को माग संविधान खारेजी होइनः सुदन गुरुङ


काठमाडौं, २६ भदौ । हामी नेपालका अध्यक्षसमेत रहेका जेन–जी अभियन्ता सुदन गुरुङले नेपाली जनताको भावनाअनु्सार अबको अन्तरिम सरकार बन्नुपर्ने बताएका छन् । रिपोर्टर्स नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्ने बताएका हुन् ।

‘नेपाली जनताको भावना, जेन–जीको भावनाअनुसार सरकार बनाउने । यो संविधान पूरै त्याग गर्ने होइन । यसलाई खारेज नगर्ने । भीख मागेर, संविधान नै चाहिँदैन भनेर भनेर हुँदैन । खारेज गर्यो भने अरुहरुले हस्तक्षेप गर्छन् । नरह्यो नेपाल, नरह्यो नेपाली ? संविधानमा संशोधन गर्नुपर्छ,’– उनले भने ।

अध्यक्ष सुदन गुरुङले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्व मान्न तयार रहेको पनि बताए । उनले संसद् विघटन पनि आफूहरूको मुख्य माग रहेको बताए । त्यसपछि मात्रै अरु कामहरू अघि बढने उनको भनाइ छ ।