काठमाडौं, २६ भदौ । स्थानीय प्रशासनले नवलपरासी कारागारबाट बुधबार भागेका कैदीबन्दीलाई अविलम्ब फर्किन निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै उनीहरूलाई कारागार फर्कन निर्देशन दिएको हो । हिजो ५४३ कैदी भागेका जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले केही कैदी फर्कने क्रम जारी रहेको बताए । अहिलेसम्म ५ जना कैदी सम्पर्कमा आएका छन् ।




प्रतिक्रिया