काठमाडौं, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आजै शपथ लिने भएकी छन् । अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलका अनुसार राष्ट्रपति भवन शीतल निवासमा आज ८ः ४५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । नवनियुक्त प्रधानमन्त्री कार्की सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीशसमेत हुन् ।




प्रतिक्रिया