काठमाडौं, २७ भदौ । संसद् विघटन गर्ने निर्णयप्रति नेकपा (माओवादी केन्द्र) ले असहमति जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गर्ने निर्णयसहित आज पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
मुलुकको वर्तमान परिस्थितिलाई लिएर बसेको माओवादी केन्द्रको भर्चुअल बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै संवैधानिक व्यवस्थाविपरीत संसद् विघटन गर्ने निर्णय गरेकाले गम्भीर असहमति व्यक्त गरिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए ।




प्रतिक्रिया