अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कुरा राख्न सक्ने, कूटनीति र परराष्ट्र मामिला बुझेको व्यक्ति परराष्ट्रमन्त्री बन्नुपर्छः पूर्व राजदूत श्रेष्ठ (भिडिओसहित)


काठमाडौं, ३१ भदौ । कूटनीतिज्ञ मोहनकृष्ण श्रेष्ठले कूटनीति र परराष्ट्र मामिला बुझेका व्यक्तिलाई परराष्ट्र मन्त्री नियुक्त गरिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले परराष्ट्र मामिला र कूटनीति बुझेरको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कुरा राख्न सक्ने व्यक्ति परराष्ट्र मन्त्री बन्नु पर्ने बताएका हुन् । कूटनीति नबुझेको अन्तर्राष्ट्रिय क्षेत्रमा गएर आफ्नो कुरा राख्न नसक्ने मान्छेलाई मन्त्री बनाउन नहुने उनको भनाइ छ । सरकारले आफ्नो मेकानिज्मबाट, जनतासँग बुझेर परराष्ट्रमन्त्री छान्नुपर्ने उनको भनाइ छ । क्षमतावान व्यक्तिहरुको नेपालमा कमी नरहेको उनले बताए ।

साथै, सरकारले नेपालको परराष्ट्र नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई आवश्वस्त पार्न सक्नुपर्ने उनले बताए । उनले भने, ‘नयाँ सरकारले अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न सक्नुपर्छ । हाम्रो चल्दै आएको परराष्ट्र नीति यो हो, हामीले यो गर्छौं, यसरी जान्छौं भनेर भन्नुपर्छ ।’

उनले वर्तमान सरकारको सबैभन्दा ठूला चुनौति आर्थिक विकास रहेको पनि बताए ।