शेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक


काठमाडौं, २ असोज । शेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको शेयर बजार पहिलो पटक सर्किट ब्रेक लागेपछि २० मिनेटको लागि बन्द भएको थियो ।

दोस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ अंकले घटेर पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट बन्द भएर खुलेको बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो ।

त्यसपछि खुलेको बजारमा ५ प्रतिशत घटेको थियो । दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ ।