सैनिक व्यारेकबाट फर्किएका केपी ओली महेश बस्नेतको एरियामा डेरा सरे


काठमाडौं, २ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक व्यारेकबाट फर्किएका छन् । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उनलाई नेपाली सेनाले सुरक्षा दिएर ब्यारेकमा राखेको थियो । स्रोतका अनुसार उनी आज सेनाको ब्यारेकबाट फर्किएका हुन् । ओली महेश बस्नेतको एरिया गुण्डुतिर डेरा सरेको बताइएको छ ।

गुण्डुमा उनका निम्ति एउटा घर भाडामा लिएको बताइएको छ । अध्यक्ष ओलीको बालकोटस्थिति निवास भने जेन–जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ । गत भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली त्यसयता सैनिक ब्यारेकमा बस्दै आएका थिए ।

‘अध्यक्षज्यू आज सेनाको व्यारेकबाट बाहिर आउनु भएको छ । उहाँको लागि गुण्डुमा घर भाडामा लिइएको छ । महेश बस्नेतको बहलमा अध्यक्षज्यूलाई गुण्डुमा लगिएको हो,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा स्रोतले भन्यो ।