काठमाडौं-मुग्लिन सडकखण्ड दुईतर्फी ठप्प


काठमाडौं, असोज ७ । मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका( १० स्थित जवाङ खोलामा सुक्खा पहिरो खसेपछि उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो ।

गएराति खसेको पहिरो पन्छाएर केही समय एकतर्फी सञ्चालनमा आएको सडकमा राति नै पुनः ठूलो पहिरो खसेपछि हाल दुबै तर्फको आवागमन रोकिएको छ ।

निरन्तर पहिरो खसिरहेकाले पन्छाउने कार्यमा कठिनाइ भएसँगै बन्द सडक खुलाउन नसक्दा सोमबार रातिदेखि उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने हजारौ यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

यसअघि तुइन खोलामा खसेको सुख्खा पहिरोका कारण उक्त सडकखण्ड करिब ४५ घण्टा अवरुद्ध भएको थियो।