काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टीमा हस्ताक्षर अभियान सुरु गरेका छन् । कांग्रेस नेता गुरुराज घिमिरेले आजदेखि हस्ताक्षर अभियान प्रारम्भ गरिएको बताए । ‘हस्ताक्षर अभियान अब सुरु भयो । हिजो हामीले सार्वजनिक गरिसक्यौं । हस्ताक्षर अभियान एकैसाथ ७७ वटै जिल्लामा सुरु हुन्छ,’– उनले भने ।
साथै, यो हस्ताक्षर अभियानमा कुनै पनि समूह नरहेको पनि उनले प्रष्ट पारे । उनले यो अभियान गुट निरपेक्ष रहेको र विशेष महाधिवेशन बोलाएर अहिलेको परिस्थितिको बारेमा छलफलको लागि रहेको बताए । ‘अहिले नियमित महाधिवेशन हुन सक्ने सम्भावना छैन । अहिले राष्ट्रमा उत्पन्न भएको यो अवस्था, पार्टीको नेतृत्व चयन कसरी गर्ने र पार्टीलाई रुपान्तरण कसरी गर्ने भन्ने हो,’– उनले भने ।




प्रतिक्रिया