काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठकको दोस्रो दिन आज प्रज्ञा भवन, कमलादीमा जारी रहेको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावमाथि विभिन्न १० वटा टोलीका नेताहरूले धारणा राखेका छन् ।
साथै, बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले धारणा राख्ने क्रम सकिएको छ । आफ्नो छुट्टै प्रस्ताव राखेका उपमहासचिव शर्माले १० वटा टोलीका नेताहरूको धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राखेका छन् । यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले टोलीका नेताहरू र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राख्ने छन् । त्यसपछि अध्यक्ष प्रचण्डले आफ्नो धारणा राखेर बैठक आज नै समापन गरिने बताइएको छ ।




प्रतिक्रिया