प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रीय कमिटी भङ्ग, मंसिरमा विशेष महाधिवेशन


काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भङ्ग गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा केन्द्रीय कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशनमा जाने निर्णय भएको हो ।

आज समापन भएको बैठकले केन्द्रीय कमिटी भंग गरेर प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन भएको छ । बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन सफतापूर्वक सम्पन्न गराउनका लागि सरकारलाई सहयोग गर्ने पनि निर्णय पनि गरेको छ ।

प्रचण्डले केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भएको र आफू अब अध्यक्ष नरहेर संयोजकको भूमिकामा रहेको पनि बताए । ‘ केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भयो । म अब अध्यक्ष छैन, संयोजक भएँ,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।