गुण्डूमा एमाले सचिवालय बैठक, अध्यक्ष पद छाड्न ओलीलाई आग्रह गरिने


काठमाडौं, १२ असोज । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको डेरा भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक सुरु भएको हो । जेन–जी आन्दोलन र सत्ता परिवर्तनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो । एमालेको यस बैठकलाई सर्वत्र चासोको रुपमा हेरिएको छ ।

बैठकमा जेन जी संघर्ष, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको रोडम्यापबारे छलफल हुने बताइएको छ । आजको बैठकमा पदाधिकारीहरूले ओलीलाई अध्यक्ष पद छाड्न आग्रह गर्ने बताइएको छ । तर, ओली भने अध्यक्ष पद छाड्न राजी देखिँदैनन् । File Photo/RN