आज र भोलि सार्वजनिक बिदा


काठमाडौं, असोज १९ । सरकारले आज र भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शनिबार प्रकाशित एक सूचनामार्फत दुई दिनका लागि बिदा दिने निर्णय भएको जनाएको थियो ।

वर्षाका कारण बाढी, डुबान, भू–क्षय जस्ता विपद् उत्पन्न हुने सम्भावनाका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, साथै मानवीय क्षति समेत हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सतर्कता अपनाउँदै अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय लिएको हो ।

यस अवधिमा नागरिकहरूलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।