हामी कुनैपनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं : सुदन गुरुङ


काठमाडौं, २१ असोज । हामी नेपालीका संयोजक सुदन गुरुङले आफूहरु कुनैपनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने बताएका छन् । आफूहरुको नाम प्रयोग गरी अपराधिक गतिविधिहरु भड्काउन थालिएको भन्दै उनले सचेत गराउका छन् । त्यस्तो कार्य गर्नेहरुले कानूनबमोजिम सजाय भोग्नुपर्नेछ भन्ने उनको चेतावनी छ ।

सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन्-

हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ। त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ। हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछस त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं। हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन। अब जनता जागिसकेका छन्स हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।