काठमाडौं, असोज २२ । नेपाली बजारमा सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड राखेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा २६ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढे २ लाख ३८ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यसअघि सोमबार सुन प्रतितोला २५ सयले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ थियो । आइतबार सुनको मूल्य ७ हजार ४ सय रुपैयाँले बढेको थियो ।
सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य भने केही घटेको छ । मंगलबार २९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ सस्तो भएर प्रतितोला २९५५ रुपैयाँमा किनबेच भइरहेको छ ।




प्रतिक्रिया