नेताहरुको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुशी लागेको छ : राजेन्द्र लिङ्देन


काठमाडौं, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले नेताहरुको सम्पत्ति छानबिनको लागि आफूहरुले लामो समयदेखि माग गर्दै आएको बताएका छन् ।

अहिले केही नेताहरुको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले आफूलाई खुशी लागेको उल्लेख गर्दै यस्तो बताएका हुन् । उनले फेशबुकमा लेखेका छन्–‘नेताहरुको सम्पत्ति छानबिनको माग हामीले लामो समयदेखि गर्दै आएको विषय हो ।

अहिले केही नेताहरुको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुशी लागेको छ । तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ।’ यसअघि धरानका मेयर हर्क साम्पाङले भने प्रधानमन्त्री र मन्त्रीहरुलाई पहिले आँफैबाट सम्पत्ति छानबिन गर्न सुझाएका छन् ।