काठमाडौं, २२ असोज । नेपालका लागि जापानका राजदूत माएदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । आज (बुधबार) जापानी राजदूतले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् । सो क्रममा दुई देशबीच दीर्घकालीन मित्रता, आपसी सहयोग र पारस्परिक हितका विषयमा छलफल भएको जनाईएको छ ।
परराष्ट्र मन्त्रालयले जनाएअनुसार दुवै देशबिच आर्थिक सहयोग, पूर्वाधार विकास, मानव स्रोत क्षमता अभिवृद्धि र सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहयोगका कार्यक्रमहरूलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार–विमर्श भएको छ ।
प्रधानमन्त्री कार्कीले जापान सरकारद्वारा नेपालमा प्रदान गरिएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै दुवै देशबिचको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।




प्रतिक्रिया