कांग्रेस पदाधिकारी बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक हुँदै देउवा


काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको आजको पदाधिकारी बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने जनाईएको छ ।

देउवा भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि निवासमै कुटपिट भएको थियो । भौतिक आक्रमणपछि घाइते रहेका देउवाले अहिले स्वास्थ्य लाभ गरिरहेका छन्।

कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा उठिरहेका बेला देउवाले पहिलो पटक औपचारिक बैठक बोलाएका हुन् । आगजनीबाट निवास ध्वस्त भएपछि उनी हाल ललितपुरमा बस्दै आएका छन् । केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।