काठमाडौं, २३ असोज । सरकारले इलाम जिल्लालाई ३ महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले इलामलाई ३ महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय गएको बाढीपहिरोबाट इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । बाढी पहिरोका कराण इलाममा पछिल्लो समय ३९ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गरेको छ । भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज भएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको गत कात्तिकमा गठन आदेशमार्फत हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि आयोग गठन गरेको थियो ।
आयोग खारेज गरेसँगै १ हजार ४ सय ४४ पदाधिकारी तथा कर्मचारीले जागिर गुमाएका छन् । पदाधिकारी तथा कर्मचारीको तलबभत्तामा मासिक ६ करोड खर्च हुँदै आएको थियो ।




प्रतिक्रिया