काठमाडौं, असोज २४ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थकहरुलाई आगामी चुनावमा पराजित गरिदिन जेनजी पुस्तालाई आग्रह गरेका छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा केपी शर्मा ओली र महेश बस्नेतलाई एकादेशका राजा र सुसारेसँगै जोड्दै अहंकार र घमण्ड नियन्त्रणका लागि आगामी चुनावमा पराजित गरिदिन जेनजी पुस्तालाई आग्रह गरेका हुन्। उनले ओली नेतृत्वकै कारण देशमा बेतिथी, विसंगती, र भ्रष्टाचार मौलाएको दाबी गर्दै त्यसविरुद्ध सडकमा ओर्लिएका जेनजी पुस्ताहरुमाथि अत्यधिक बल प्रयोग गरेर ओली र उनको समूहले आफूलाई अधिनायक सावित गरेको बताएका छन्
भदौ २३ र २४ गते भएको हिंसा पछि ओली र बस्नेतमा अलिकती पिडाबोध र पश्चाताप नभएको जनाउँदै उनले अहंकार, अनर्गल, अनियन्त्रीत, र आफ्नो स्वार्थ सिद्धिका लागि जे पनि गर्ने, बोल्ने यीनको बानिका कारण नै यो अवस्थामा देश आइपुगेको उनको भनाई छ ।
जेनजी पुस्ताले गरेको विद्रोहको सम्मान गर्न नसक्ने नसक्ने ओली र बस्नेतले लोकतन्त्रको सम्मान गर्छौ भन्नु हाँस्यापद मात्रै नभएर अनैतिक पनि रहेको उनले उल्लेख गरेका छन् । ओली र बस्नेतले भदौ २३ र २४ को विद्रोहको अपमान गर्दै एकपटक फेरी, आफू र आफ्नो पार्टीलाई अराजनीतिक, असंवेदनशिल, अनर्थक, र अराजक पुष्टि गरेको खरेलको भनाई छ ।




प्रतिक्रिया