राजेन्द्र महतोले बोलाए पार्टीको कार्यकारिणी समितिको बैठक, चुनावको तयारीबारे ब्रिफिङ गर्ने


काठमाडौं, २४ असोज । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । पार्टीका महासचिव केशव झाले दिएको जानकारीअनुसार बैठक अहिले केहीबेरमा नै सुरु हुनेछ ।

तर, बैठक भर्चुअल हुने भनिएको छ । झाले बताएअनुसार बैठकमा पार्टी एकता, मोर्चा र गठबन्धनको विषय, जेनजी आन्दोलन, चुनावी तयारी, आर्थिक समितिको प्रतिवेदन कार्यान्वयन, लेवी सङ्कलन, स्वघोषणाको भुक्तानी गर्ने तथा आर्थिक सहयोग सङ्कलन, पार्टी विधान अनुसारको सङ्गठन विस्तार लगायतका विषयमा छलफल हुनेछ । उनले भोलि नै केन्द्रीय समितिको बैठक बोलाईएको जानकारी दिए ।