काठमाडौं, असोज २४ । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य महेश बस्नेतले राजनीति प्रायोजित सामाजिक संजालको चर्चामा आएजस्तो सजिलो नरहेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रियता, विकास, समृद्धि र जनताको आवाजबाट राजनीतिमा स्थापित हुन चुकेको बताउँदै उनले बालेन विदेशी स्वार्थको खेलमा लागेको र उनको सस्तो लोकप्रियता अहिले उनकै लागि धातक बनेको दाबी गरेका छन् ।
फेस लुकाएर र फिल्टर देखाएर टिकटक र सोसल मिडियामा भाइरल हुन सकिएपनि राजनीतिमा त्यो सधैं नचल्ने उनको भनाई छ ।
उनले पहिले म बालेनसँग छु भन्नेहरू आज म सत्यसँग छु भन्न थालेको बताउँदै लेखेका छन्,राजनीति प्रायोजित सामाजिक संजालको चर्चा बाट होइन। राष्ट्रियता, विकास, समृद्धि र जनताको पक्षको आवाज बाट स्थापित हुनु पर्ने हो। तर बालेन शाह त्यसबाट चुकेका छन्, उनी विदेशी स्वार्थको खेलमा लागेका छन्। लोकप्रियता कहिल्यै स्थायी हुँदैन। पहिले सन्जालमा थेगी नसक्नु ‘लाइक’ र सपोर्ट आउँथ्यो, अहिले ‘हाहा’ र गाली गलौज आउँदैछ।
हिजो आफूभन्दा फरक विचार राख्ने प्रतिस्पर्धीहरूलाई तह लगाउन प्रयोग गरेको सुत्र अहिले बालेन कै लागि घातक भएको छ्। ट्रेन्ड बदलिँदैछ । फेस लुकाएर र फिल्टर देखाएर टिकटक र सोसल मिडियामा भाइरल हुन त सकिन्छ राजनीतिमा त्यो सधैं चल्दैन। बालेनले यतिको दिव्य ज्ञान चाहिँ प्राप्त गरे होलान् । ‘म बालेनसँग छु’ भन्नेहरू आज ‘म सत्यसँग छु’ भन्न थालेका छन्। नेपालको राजनीतिमा युवाहरूले सही विश्लेषण गरेर अगाडि बढ्ने संकल्प गरेको लक्षण देखिँदैछ।





प्रतिक्रिया