एमाले केन्द्रीय कमिटी बैठक तयारी नपुगेको कारण असोज २९ गतेलाई सारियो


काठमाडौं, २४ असोज । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक तयारी नपुगेको कारण दुई दिन पर सारिएको छ । यसअघि असोज २७ गते बस्नेगरि तय भएको बैठक अब असोज २९ गते बस्ने भएको हो ।

बैठक असोज २९ गतेदेखि असोज ३१ गतेसम्म बस्ने तय भएको छ । आज पार्टीको सचिवालय बैठक जारी छ । आजको बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने भनिएको छ ।

बैठक अध्यक्ष केपी शर्मा ओली भाडामा बसेको भक्तपुरको गुण्डुको घरमा जारी छ । अध्यक्ष ओलीले अहिलेको सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । एमाले संसद् पूनःस्थापनाको पक्षमा दृढताका साथ उभिने भनेर ओलीले हिजो नै घोषणा गरिसकेका छन् ।