काठमाडौं, असोज २५ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आजपनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने आजको बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेण्डा टुङ्गो लगाउने छ।
यसअघि बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो। बैठकमा सहभागी नेताहरूले पार्टीको महाधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन, र भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारणबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउनुपर्ने धारणा राखेका छन्।
धारणा राख्ने अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको म्याद थप्न नहुने र मङ्सिरमा नियमित महाधिवेशन राख्नुपर्ने बताएका थिए । कांग्रेसमा अहिले नियमित र विशेष महाधिवेशनबारे पनि छलफल चलिरहेको छ।




प्रतिक्रिया