सरकारलाई मिराज ढुंगानाको प्रश्न : अहिले जेनजीबाट मन्त्रीमा सिफारिश भनिएको चार जनाको नाम कसले दिएको हो ?


काठमाडौं, २५ असोज । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले अब विस्तार गर्न लागिएको मन्त्रिपरिषद्मा जेनजी आन्दोलनबा युवा पुस्ता समेट्ने भनेर आएको नामप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत ढुंगानाले मन्त्रिपरिषद्मा जेनजी आन्दोलनमा सहभागीहरुको प्रतिनिधित्व होस भन्ने कामना गरेको सुनाए ।

तर, अहिले जेनजीबाट मन्त्रिपरिषद्मा सिफारिश भनिएका चार जना नाम कसले सिफारिश गरेको हो ? भनेर सरकारसँग उनले प्रश्न गरेका छन् । उता, सुदन गुरुङको टिमले पनि अहिले जेनजी पुस्ताबाट सिफारिश गरिएको नामप्रति असन्तुष्ट जनाएको छ। प्रवेश दाहाललगायतका युवाको टोलीले पनि चार जनाको नाममा सहमति जनाएको छैन ।