यी हुन् राष्ट्रपतिसँग छलफल गर्नका लागि छानिएका जेन-जी अगुवाहरु


काठमाडौं, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र जेन–जीहरुको छलफल आगामी सोमबारको लागि सारिएको छ । आज (शनिबार) विहान १० बजेबाट सुरु हुने भनिएको जेन–जी र राष्ट्रपति पौडेलबीचको छलफलमा सहभागी हुन जेन–जी अगुवाहरु शीतल निवास पुगिसकेका थिए । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएको भन्दै छलफल दुई दिन पछि सारिएको हो ।

राष्ट्रपति पौडेलसँग छलफल गर्नका लागि जेन–जी अगुवाहरु सुदन गुरुङ, ओजस्वीराज थापा, मिराज ढुंगाना, प्रवेश दाहाल, जितेन्द्र शाह, पुरुषोत्तम यादव, प्रशान्त पौडेल, अंकित अधिकारी, अभिषेक श्रेष्ठ, जुनल गदाल, अर्जुन शाही, रक्षा बम, प्रदीप ज्ञवाली, युजवराज भण्डारी, आदित्य कर्ण, आकृति घिमिरे, मोनिका निरौला, ओजस्वी भट्टराई, रिजन राना मगर र निकुञ्ज भण्डारीसहित २० जनाको नाम छानिएका थिए ।