काठमाडौं, २६ असोज । गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा युवा उकासेर मुठभेड गराएको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । नेविसंघले आज काठमाडौं र ललितपुर प्रहरीमा जाहेरी दिएको हो ।
हिजो (शनिबार) बसेको नेविसंघको केन्द्रीय समिति बैठकले बालेन र सुदनविरुद्ध देशब्यापी जाहेरी दिने निर्णय गरेको थियो । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशोक सिंह विष्टले बालेन र सुदनविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् । जाहेरी बु्झाएपश्चात रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गदैै विष्टले भने, ‘हामीले जाहेरी त दियौं । अरु पनि जाहेरी छन्, हामी सरकारी वकिलसँग समन्वय गरेर अगाडि अगाडि बढ्छौं । हामीले २४ घण्टाभित्र दर्ता गरेर जानकारी दिन भनेका छौं ।’
बालेन र सुदनले गत भदौ २३ र ३४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका लागि उक्साएको जाहेरीकर्ताको आरोप छ ।







प्रतिक्रिया