काठमाडौं, २६ असोज । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक जारी रहेको हो । गत शुक्रबारदेखि सुरु भएको एमाले सचिवालय बैठक हिजो अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । आज बैठक टुङ्ग्याउने तयारी रहेको बताइएको छ ।
सचिवालय बैठकले पार्टी महाधिवेशनको मिति तोक्ने र उक्त मितिलाई अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइने बताइएको छ । कूल १८ सदस्यीय सचिवालयमा गत शुक्रबार ९ जनाले आफ्नो धारणा राखेका थिए । आज बाँकी पदाधिकारी र सदस्यहरुले धारणा राख्ने र बैठक टुङ्ग्याइने पार्टी उपमहासचिव प्रदीय ज्ञवालीले बताए ।




प्रतिक्रिया