शेयर बजारमा उच्च गिरावट, ७८.८३ अंकले घट्यो नेप्से


काठमाडौं, २६ असोज । साताको कारोबारको पहिलो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । आज (आइतबार) शेयर बजार परिसूचक ७८.८३ अंकले घटेको हो । आज ७८.८३ अंकले घटेर शेयर बजार २५०३.५३ अङ्कमा रोकिएको छ ।

आज होटल तथा पर्यटन क्षेत्रमा ४.८४ प्रतिशत, अन्य क्षेत्रका कम्पनीमा सर्वाधिक ४.७९ प्रतिशत गिरावट आएको छ । फाइनान्स, हाइड्रो र इन्भेष्टमेन्ट समूहमा पनि ३ प्रतिशत भन्दा धेरैको गिरावट छ । सबैभन्दा कम घट्ने म्युचुअल फण्डमा ०.९९ प्रतिशत गिरावट आएको छ । आज ३५ वटा कम्पनीको मूल्यमा ५ प्रतिशत भन्दा धेरैको गिरावट आएको छ ।