काठमाडौं, २६ असोज । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । आज (आइतबार) प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीचको भेटवार्तामा आगामी राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको बताइएको छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाको एक तिहाइ सदस्यको म्याद सकिँदै छ । म्याद सकिनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । प्रधानमन्त्री कार्कीसँगको भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथै राष्ट्रिय सभा बैठक बोलाउने विषयमा पनि छलफल भएको अध्यक्ष दालहाले बताए ।




प्रतिक्रिया